सिफारिसमै हात हालाहाल,चुनावमा के हुने हो ताल ?
नेकपा (एमाले) दोलखाको प्रतिनिधिसभा उम्मेदवार सिफारिस समितिको बैठकमा हात हालाहालको अवस्था सृजना भएको छ । चरिकोटमा हिजो बसेको बैठकमा पूर्व सन्चारमन्त्री पार्वत गुरुङको नाम एकल सिफारिस गर्न खोजिएको थियो । तर रचना खड्का,बालकृष्ण शिवाकोटी,श्याम बस्नेतहरुले आपत्ति जनाएपछि विवाद निम्तियो ।
श्याम बस्नेतलाई जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठले जिल्लाले नचिन्ने भनेपछि विवाद बढेर हात हालाहाल र तँ तँ म म मा परिणत भएको बताइन्छ । काठमाडौं बस्ने,ब्यवसाय गर्ने, महासचिव शंकर पोखरेल र पत्नी सुजिता शाक्यको परिक्रमा गरेर दोलखामा टिकट दावी गर्ने आरोप लागेपछि विवाद बढेको थियो । यसले गर्दा उम्मेदवार नै सिफारिस नगरी बैठक स्थगित भएको र आज पुनः बस्ने बुझिएको छ ।
श्याम बस्नेतलाई जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठले जिल्लाले नचिन्ने भनेपछि विवाद बढेर हात हालाहाल र तँ तँ म म मा परिणत भएको बताइन्छ ।
एउटा मात्र क्षेत्र रहेको दोलखा एमालेको राम्रो जनाधार भएको जिल्ला हो । अघिल्लो निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आनन्द पोखरेललाई टिकट दिन खोज्दा पार्वत गुरुङले उनलाई रोक्न कालिन्चोक केवलकारका सन्चालक बालकृष्ण शिवाकोटीलाई अघि सारेका थिए । शिवाकोटीले जित्न सकेनन् । बरु माओवादी जनयुद्धमा अति दुःख गरेका गंगा कार्कीले जिते ।
आनन्दलाई रोक्न लागेका पार्वतले समेत चुनावमा सहयोग नगरी हराउन भूमिका खेलेको आरोप शिवाकोटी समर्थकले लगाएका थिए । कहिले सासूको पालो, कहिले बुहारीको भनेजस्तै अहिले आनन्दले पार्वतका बिरुद्ध शिवाकोटीलाई टिकट दावी गर्न लगाएको बताइन्छ । आनन्द पन्ज ओली निकट नै हुन् । तर भर्खरै सम्पन्न महाधिवेशनमा ओलीले टिममा नराखेपछि उनी इश्वर पोखरेल समूहबाट उपमहासचिवमा उठेका थिए । उपमहासचिवमा हारे पनि केन्द्रीय सदस्य जितेका छन् । शंकर पोखरेलले सम्पर्क समन्वय कमिटीको कोटामा राखेर श्याम बस्नेतलाई पनि केन्द्रीय सदस्य बनाएका छन् ।
टिप्पणीहरू