शत्रु सेनालाई रुवाउँदै सास छाड्ने शासक
सन् २००३ डिसेम्बर । बग्दादभन्दा १ सय ४० किमि टाढा उत्तर–पश्चिमको शहर टिक्रिट । त्यहाँबाट २१ किमि नजिकको एउटा सानोनगर ‘अड दावर’ । कृषिमा निर्भर यहाँ विशेषतः चार जनजाति बस्छन् । त्यसबेलासम्म अमेरिकी सेनाले त्यहाँ ‘अपरेशन रेड डन’ चलाइसकेको थियो । अपरेशन कमाण्डर जर्नेल केविन ओलाण्ड र उनको टोली गोप्य सूचनाका आधारमा डिसेम्बर ७ को दिन त्यो नगर पुगे । डिसेम्बर १३ को राति साढे ८ बजे एउटा फार्म हाउसलाई ६ हजार सैनिकले घेरे । एक टुकडी भित्र पस्यो । फा…