उम्मेदवारी दर्ताअघि निर्वाचन तालिका हेरेफेर

उम्मेदवारी दर्ताअघि निर्वाचन तालिका हेरेफेर

नेकपा (एमाले)को अध्यक्षमा केपी शर्मा ओलीले उम्मेद्वारी दर्ता गराएका छन् । उनले बन्दसत्रस्थल पुगेर मनोनयन दर्ता गराएका हुन् । 

त्यसअघि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि अध्यक्षमा उम्मेद्वारी दर्ता गराइसकेका छन् । 

अस्ति (शनिबार)देखि सुरु भएको महाधिवेशनमा आगामी नेतृत्वको लागि ओली र पोखरेलले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका हुन् । दुवै नेतालाई आफनो प्यानलमा नेताहरुलाई सेटल गर्न सकस परेको बताइन्छ । 

यसैबीच निर्वाचन तालिका पनि सामान्य हेरेफेर गरिएको छ । यसअघि उम्मेद्वारी दर्ताको लागि साढे १ बजेसम्मको समयसीमा तोकिएमा केन्द्रीय निर्वाचन आयोगले साढे ३ बजे पुर्याइएको छ हो । ६ बजे हुने भनिएको उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन अब साढे ६ बजे हुनेछ । त्यसअघि ४ बजेदेखि साढे ४ बजेसम्म उम्मेद्वारउपर उजुरी आह्वान गरिएको छ भने ६ बजेसम्म उम्मेद्वार फिर्ता लिन सकिने छ ।

टिप्पणीहरू