ओली र शंकरलाई मात्रै फापेको जबज र प्रदिपको आँशु

ओली र शंकरलाई मात्रै फापेको जबज र प्रदिपको आँशु

एमाले अध्यक्ष केपी ओलीले महासचिवमा शंकर पोखरेललाई दोहोर्याएर आफूलाई उपाध्यक्षमा अड्काउन खोज्दा प्रदिप ज्ञवालीले विद्रोह गर्दै केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावकमा पर्शु पाण्डे र समर्थकमा रामजी ढकालको हस्ताक्षर देखिन्छ । 

उनलाई महासचिव बनाउन खोज्ने वर्तमान उपमहासचिव पृथ्वीसुब्बा गुरुङको भने उपाध्यक्षमा उम्मेदवारी परेको छ । ज्ञवालीलाई महासचिवमा लैजान नसकेपछि गुरुङ ढिलो गरी उपाध्यक्षमा मनोनयन दर्ता गर्न पुगेका थिए । 

एमालेको पदाधिकारीबाट कार्यकर्तामा झरेको बताएका ज्ञवाली अपमानको आँसु बगाउँदै भृकुटीमण्डपबाट बाहिरिएका छन् ।

‘एउटै व्यक्तिलाई दोहोर्‍याइराख्ने प्रवृत्ति ठीक भएन,मेरो मन एकदमै दुखेको छ ।  पार्टीमा सबैलाई प्रतिस्पर्धा गर्ने समान अवसर हुन्छ भन्ने लागेको थियो तर त्यस्तो भएन -’उनले भनेका छन् ।

टिप्पणीहरू