घरभित्रका सर्प समात्ने नगर प्रहरीको पदोन्नति
गर्मी लागेसँगै तराईमा सर्पको आतंक बढेको छ । जमिन तातेपछि सर्पहरु दुलोबाट बाहिर निस्किन थालेका छन् । कतिपय अवस्थामा सर्प घरभित्रै पस्ने गरेको छ ।
मोरङको विराटनगर महानगरपालिकाका एक नगर प्रहरीलाई यतिखेर सर्प समातेर त्यसको व्यवस्थापन गर्न भ्याइनभ्याइ छ । पाँच वर्षदेखि निःशुल्क त्यस्तो कार्य गर्दै आएका नगर प्रहरी शम्भु घिमिरे महानगरभित्र निकै चर्चित छन् ।
उनले बेडरुमदेखि किचेन र बगैंचामा पसेको सर्प समातेर सुरक्षित स्थानमा व्यवस्थापन गर्दै आएका छन् । उनको काम देखेर महानगरले…