महन्थको खेलकुद संघमा नयाँ नेतृत्व

महन्थको खेलकुद संघमा नयाँ नेतृत्व

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सम्बद्ध लोकतान्त्रिक खेलकुद संघ पुनर्गठन गरिएको छ । 

लोसपाले प्रनिलध्वज कार्कीलाई संघको संयोजक तोकेर नेतृत्व पुनर्गठन गरेको हो । पार्टी केन्द्रीय कार्यालयबाट जारी पत्रमा पार्टीको संशोधित विधानको धारा २२ (१) बमोजिम उक्त जिम्मेवारी प्रदान गरेको जनाइएको छ ।

मनोनयन पत्रमा कार्कीलाई संयोजक पदमा मनोनयन गरिएको जानकारी दिँदै उनको कार्यकाल पार्टी संगठन सुदृढीकरण तथा खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण हुने विश्वास व्यक्त गरिएको छ ।

टिप्पणीहरू