मधेशमा सभामुखकाे खाेजी
मधेश प्रदेश सभामा रिक्त सभामुख चयनका लागि आउँदो पुस ६ गते निर्वाचन हुने भएको छ । उपसभामुख बबिता राउतले आज बसेको प्रदेश सभाको बैठकमा निर्वाचनको मिति घोषणा गरेकी हुन् ।
उनले सभामुख चयनका लागि निर्वाचन तालिकासहितको सूचना सार्वजनिक गर्न प्रदेश सभा सचिवालयलाई निर्देशन पनि दिएकी छिन् । गत मंसिर ३ गते प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका थिए । उनले पदअनूकूल आचरणको पालना नगरेको भन्दै सात दलीय गठबन्धनका ६४ प्रदेश सभा सदस्यले कात्तिक २७ गते प्रस्ताव दर्ता गरेका थिए ।
सो प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेसँगै उनी पदमुक्त भएका हुन् ।
टिप्पणीहरू