यहाँ चर्चा नै बिगार्ने, भत्काउनेको मात्रै हुनेगर्छ
०७४ मा काठमाडौँबाट मेयर निर्वाचित विद्यासुन्दर शाक्यले जे जति सुधारका काम गरे, अहिले त्यसैको जगमा छन् बालेन साह । ९ वटा ब्रुमर, १ देखि आठसम्म स्थानीय तहको पाठ्यक्रम, आइल्याण्ड र भत्किएका सम्पदा निर्माणलगायत अधिकांश बनाउने काम विद्यासुन्दरकै पालामा सम्पन्न भइसकेको थियो । २४ सै घण्टा १० वटा एम्बुलेन्स सञ्चालन, वडाका प्रशासनिक भवन निर्माण, दमकल भवन बिस्तारलगायत विद्यासुन्दरले गरेका अविष्मरणीय काम हुन् । कसैलाई बिझाउन नचाहने शाक्य काठमाडौँको लगनटोलमा जन्मिए, खानदानी नेवार परिवारको …