एमाले उपमहासचिवमा लेखराज र योगेश अगाडि
एमालेको जारी मतगणनामा उपमहासचिवका उम्मेदवारमध्ये लेखराज भट्ट र योगेश भट्टराईले अग्रता लिएका छन् । भट्टले हालसम्म १४७ र भट्टराईले १४० मत पाएका छन् ।
उनीहरुलाई पछ्याउँदै रघुवीर महासेठले १२६ मत र आनन्द पोखरेलले ७१ मत पाएको जनाइएको छ । त्यस्तै विष्णु रिमालले १०५, राजेन्द्र गौतमले २६ र वैजनाथ चौधरीले ५४ मत ल्याएका छन् ।


टिप्पणीहरू