अध्यक्ष जितेपछि झन आक्रामक भए ओली

अध्यक्ष जितेपछि झन आक्रामक भए ओली

नेकपा (एमाले)को अध्यक्षमा तेहेरिएका केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी दिएका छन् ।  

शपथग्रहणलगत्तै नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई सम्बोधन गर्दै उनले अन्तरिम सरकारसँग भिड्न आफूहरू तयार रहेको उद्द्घोश गरे । एमाले र नेतृत्वमाथि भौतिक आक्रामण गर्ने पञ्चायतकालीन कूकर्मको थालनी भएको टिप्पणी गर्दै ओलीले त्यसलाई असफल बनाइने बताए । 

सुशीला कार्की नेतृत्वको सरकार ढाल्नुपर्ने भन्दै उनले त्यसका लागि देशभर तयारी थाल्न कार्यकर्तालाई निर्देशन पनि दिएका छन् ।

‘नेकपा (एमाले)को नेतृत्वमाथि प्रचारको हल्लाले भएन । अब भौतिक हमलाद्वारा आक्रमण गर्ने अथवा जाली मुद्दा लगाउने पञ्चायतकालीन कूकर्मको थालनी गर्ने हल्ला मच्चाइएको छ’, आक्रामक भाषण गरेका ओलीले भने, ‘यो मिडिया ट्रायल यथार्थ हल्ला हुनसक्दछ । म तपाईंहरूलाई चाहान्छु एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्दछ । यो सरकार ढल्नुपर्दछ । ढालिनेछ यो सरकार ।’

आफूमाथि जाइलाग्नु संसारकै सबैभन्दा महंगो पर्ने चेतावनी पनि उनले दिएका छन् ।

टिप्पणीहरू