अस्मिता म्याडम, अर्को स्ट्याटस आउँछ ?
बोल्ने एउटा, गर्ने अर्को ! आफ्नो बिहेको निम्तो बाँड्न गुण्डु जाँदा जसरी पनि महाधिवेशन प्रतिनिधि बन्न पार्टी अध्यक्ष केपी ओली सामुन्ने हारगुहार गरेकी एक भाइरल जनप्रतिनिधिको प्रसंग हो यो ।
उनले जेनजी आन्दोलनको मुखैमा अमेरिकी सरकारको महँगो गाडी मात्र हात पारिनन्, फेसबुकमा सरकारी गाडी प्रयोग नगर्ने र आफ्नो गाडीलाई समेत एम्बुलेन्स बनाउने स्ट्याटससमेत लेख्न भ्याइन् । ती हुन्– ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापा । नेकपा (एमाले)बाट उपाध्यक्ष निर्वाचित उनी तिनै ने…