कांग्रेस –एमाले यसरी पर्न सक्छन् कर्नरमा
के एमाले महासचिव शंकर पोखरेलले चाहेजस्तै मुलुक दुई दलीय प्रणालीमा जाँदै छ ? जेनजी आन्दोलनपछि उथलपुथल भएको राष्ट्रिय राजनीतिमा कित्ताबन्दी चलिरहँदा आसन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस र एमालेबीच गठबन्धन हुने सम्भावनाबारे चर्चा हुन थालेको छ । दुई ठूला पार्टीबीच चुनावी गठबन्धन भए पुरानो र नयाँ पार्टीको रूपमा राजनीति दुई खेमामा ध्रुवीकृत हुने विश्लेषण भइरहेको छ ।
कांग्रेसले पुँजीवादी र एमालेले समाजवादी धारको नेतृत्व गर्ने भएकाले जनमत ती दुई दलको व…