वीरगन्जमा पनि एमाले विवाद
पर्सा क्षेत्र नम्बर ४, मा एमालेको महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया विवादमा तानिएको छ । सर्वसहमतिको नाममा उम्मेदवारलाई जानकारी नै नदिई प्रतिनिधि चयन गरेको विवाद एमाले केन्द्रीय कार्यालयसम्म पुगेको छ ।
प्रतिनिधि चयनप्रति आपत्ति जनाउँदै आधा दर्जन उम्मेदवारले केन्द्रीय संगठन विभागलाई पत्र लेखेका छन् । महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दर्ता भई मंसिर १७ गते चुनावको मिति तय भएको अवस्थामा उम्मेदवारलाई थाहै नदिई सर्वसहमतिको नाममा प्रतिनिधि छनौट गरिएको उनीहरुको आरोप छ …