आमसभाअघि कार्यकर्ता नियन्त्रणमा
भदौ २४ गतेको जेन–जी विध्वंशका क्रममा विराटनगरमा सरकारी कार्यालय तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । मोरङ कटहरीका ताजिम अन्सारीसहित तत्कालीन एमाओवादी केन्द्रका पाँच जना कार्यकर्तालाई हिजो साँझ गिरफ्तार गरिएको छ ।
नेपाली कम्युनिष्ट पार्टीले आज विराटनगरको पुरानो गुरुन्द्रमा आयोजना गर्न लागेको एकतासभाको तयारीमा खटेको अवस्थामा अन्सारीसहित आवास पौडेल, अरुण साह, राजीव यादव, महेश नेपाल हिजो साँझ ७ बजे प्रहरी नियन्त्रणमा पुगेको मोरङका…