अर्थतन्त्रमा अब के पर्छ असर ?
हरेक १० वर्षको अन्तरालमा नेपालको राजनीतिले परिवर्तनको सामना गर्ने प्रचलन रहेजस्तै विश्व अर्थतन्त्रको चक्रसमेत प्रत्येक ८/१० वर्षमा घुम्ने गरेको पाइन्छ । उदाहरण हो, सन् २००८ को मोर्गेज मन्दी । अहिले छिमेकी चीनबाट शुरु भई मध्यपूर्व र दक्षिण कोरियासम्म फैलँदै गएको कोभिड– १९ (कोरोना भाइरस) को कारण नेपाललाई परेको ठूलो समस्या हो, अर्थतन्त्रमा अप्रत्यासित गिरावट ।
संसारभर क्रमशः कोरोना संक्रमण फैलिएपछि नेपालको पर्यटन, पूर्वाधार, आपूर्ति श्रृंखलासँगै कच्चा पदार्थ र मेशिनरीको आयातसम्ममा असर …