भानुमा किन प¥यो भ्रम

‘यो मन्त्री हो कि म ? फटाहालाई मेरो कार्यकक्षमै छिर्न नदिनू’ महिना दिनअघि यसरी पड्किएका थिए स्वास्थ्यमन्त्री भानुभक्त ढकाल महेन्द्रमान श्रेष्ठसँग । तर, महिना दिनपछि नै मन्त्री यूटर्न भए र तिनै बदनाम र फटाहालाई स्वास्थ्य सेवा विभागको हाकिम बनाए । आखिर मन्त्री ढकाल यसरी यूटर्न हुन किन र कसरी बाध्य भए ? र, जुनियर र विवादास्पद कर्मचारीलाई टपक्क टिपेर स्वास्थ्य सेवा विभागको हाकिम बनाउनुपर्ने बाध्यता आइलाग्यो ?

मन्त्री भानुभक्त ढकाल पनि दलाल र ठेकेदार विशाल पण्डितहरूको अगाडि लत्याकलुलुक भएर गले र कारबाहीको डण्डा बर्साउनुपर्ने महेन्द्रमान श्रेष्ठलाई उल्टै पुरस्कृत गरिएको छ । स्वास्थ्य सेवाका कर्मचारी समायोजनका क्रममा गडबडी गरेका उनीविरुद्ध स्वास्थ्यका कर्मचारी पदस्थापन गर्दा आर्थिक चलखेल गरेको चार्ज लाग्दै आएको छ । मन्त्री ढकाल स्वास्थ्यमन्त्री बनेको तेस्रो दिन नेकपानिकट स्वास्थ्यमन्त्रीकहाँ डेलिगेसनमा पुगे र महेन्द्र श्रेष्ठले अन्याय गरेको दुःख बेसाए । अन्य सेवा समूहका समायोजन तीन महिनामा टुंगिसक्दा वर्षदिनसम्म महेन्द्रले स्वास्थ्य सेवाको समायोजन टुंग्याउन सकेनन् । यही समायोजनको मामलामा महेन्द्र बदनाम मात्र भएनन्, असफल पनि ठहरिए । जतिखेर भानुभक्त ढकाल गृहनगर विराटनगरको एक कार्यक्रममा पुगेका थिए । त्यही समयमा गृह मन्त्रालयले मन्त्रीस्तरीय एक कार्यक्रम आयोजना गरेको थियो । मन्त्री, राज्यमन्त्री, सचिवलाई समेत गुमराहमा राखेर त्यो कार्यक्रममा महेन्द्र मात्र पुगेको चाल पाएपछि मन्त्री भानुभक्त ढकालले ‘यो फटाहालाई मेरो कार्यकक्षमा छिर्न नदिनू । यो मन्त्री कि म ?’ भन्दै हकारेका थिए ।

अहिले तिनै फटाहा पात्रलाई टपक्क टिपेर श्रेष्ठलाई स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाइएको छ र यससँगै स्वास्थ्य सेवाका कर्मचारी मन्त्रीसँग आगो भएका छन् । ढकालको मन्त्रीस्तरीय निर्णयबाट स्वास्थ्य सेवा विभागको महानिर्देशकमा महेन्द्र श्रेष्ठलाई नियुक्त गर्दै डा. रोशन पोखरेललाई मन्त्रालयमा तानेका थिए । विभागको नेतृत्व १२औं तहका कर्मचारीले गर्दै आएकामा ११औं तहका श्रेष्ठलाई विभागको महानिर्देशक बनाइएसँगै मन्त्रीसँग चिकित्सकहरू फायर भएका हुन् । विभागमा हालसम्म २५ जना महानिर्देशक भइसकेका छन् । तर, गैरचिकित्सक महानिर्देशक भएको उदाहरण छैन । हेल्थ इन्स्पेक्सन समूहका श्रेष्ठलाई टपक्क टिपेर महानिर्देशक बनाइएको छ । यिनी तिनै पात्र हुन् जसले विशाल पण्डितहरूसँग मिलेर ४० लाख पर्ने मेसिन २ करोडमा खरिद गरेका थिए । उनीविरुद्ध अख्तियारमा उजुरी परेको छ । अहिले सचिव पुष्पा चौधरी राजीनामा दिएर एनजिओको जागिर खान हिँडिसकिन् । विशाल पण्डितको दाहिने हात मानिने चौधरी विदेश हिँडिसकेको अवस्थामा आफ्नो एसम्यानलाई स्वास्थ्य सेवाको महŒवपूर्ण विभागमा पु¥याएर काम लिन चाहन्थे पण्डितहरू । गुणराज लोहनी, महेन्द्रमान श्रेष्ठहरू विशाल पण्डितका एस म्यानका रूपमा चिनिन्छन् । स्मरणीय छ, स्वास्थ्य सेवाका ९० प्रतिशत ठेक्कापट्टामा उनै विशालहरू हाबी छन् । जसले लिएको ५६ अर्बको ठेक्कामध्ये २२ अर्ब बेरुजु देखिएको छ ।

पण्डितहरूको दबाबमा मन्त्री ढकालले गत सोमबारको मन्त्रिपरिषद् बैठकबाट श्रेष्ठलाई १२औं तहमा बढुवा गराएका छन् । स्वास्थ्य सेवाको १२औं तहको बढुवाका लागि डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह, डा. भीमसिंह टिंकरी र डा. केदार सेन्चुरीसहित पाँचौं नम्बरमा महेन्द्रमान श्रेष्ठको नाम सिफारिस भएको थियो । पाँचौं नम्बरमा रहेका श्रेष्ठ बढुवा हुनु र नेकपानिकट मानिएका र इमानदार भनी चिनिएका डा. केदार सेञ्चुरी र डा भीमसिंह टिंकरीको नाम काटिनुमा पनि उनै विशालहरूको दबदबा रहेको पुष्टि हुन्छ । अब यी दुई भाइलाई पछि पार्दै महेन्द्रले स्वास्थ्य सचिव पड्काए भने कुनै आश्चर्य नमाने हुन्छ ।

टिप्पणीहरू