बालेनलगायतलाई हर्क साम्पाङको चुनौती
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभाको निर्वाचनमा बालेन साहसँग प्रतिस्पर्धा गर्ने इच्छा व्यक्त गरेका छन् । उनले आज समाजिक सञ्जालमार्फत् बालेनको निर्वाचन क्षेत्रबाट उम्मेद्वारी दिने रहर भएकाे बताएका हुन् ।
‘बालेनलाई चुनावमा हराउँनेछौँ’, उनले भनेका छन्, ‘जहाँबाट उम्मेद्वारी दिन्छ, त्यहीँबाट हामी हराउँनेछौँ ।’
धरान उपमहानगरपालिकाका मेयर समेत रहेका साम्पाङले पछिल्लो २४ घण्टाभित्र ९२ भन्दा बढी स्टाटस, फोटो तथा भिडियो पोस्ट गरेका छन् । अधिकांश पोस्टमा उनले रास्वपा सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र बालेनको आलोचना गरेको देखिन्छ । उनले अर्को स्टाटसमा चुनौती दिदैँ भनेका छन्, ‘यी तिनै जना एमसीसी पक्षधर हुन्, नभए लु एमसीसीको विरोध गरेर देखाऊन् त, देश बेचुवाहरु ।’
सामान्यतया समाजिक सञ्जालमा सक्रिय भइरहने साम्पाङ केही दिनयता थप सक्रिय बनेको देखिन्छ । उनले आफ्नो फेसबुकमार्फत् धारावाहिक रुपमा विभिन्न नेताहरुको आलोचना गरिरहेका छन् ।
टिप्पणीहरू