बुद्ध र प्रदीपको के हो साइनो ?

बुद्ध र प्रदीपको के हो साइनो ?

जता पायो, उतै उठायो ! भक्तपुरको नलिञ्चोकस्थित हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा कारागार चलान भएका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको प्रसंग हो यो । जताततैको एअरपोर्ट निर्माणमा भ्रष्टाचार गर्ने भनिएका उनले त्यसअलावा अन्य क्षेत्रबाट पनि अतिरिक्त कमाइ गर्दै आएको पाइएको छ । एअरलाइन्स कम्पनीहरू आम्दानीको बलियो स्रोत थिए । 

२०७८ सालमा क्यानको महानिर्देशक नियुक्त भएदेखि नै उनले कोशेलीका आडमा एअरलाइन्सलाई प्रायोरिटीमा राख्न थालेका हुन् । श्रमिकलाई न्यून तलब दिएर श्रम शोषण गर्ने वीरेन्द्रबहादुर बस्नेतले आफ्नो एअरलाइन्सप्रति यात्रुको आकर्षण बढाउन अधिकारीलाई खर्च बुझाउँथे भने उनीबाट खर्चपर्च लिएर अधिकारीले बुद्धको उडानलाई छिटोछरितो बनाइदिन्थे । 

अन्य विमान आकाशमा घण्टौं ‘होल्ड’ हुनुपर्दा बुद्धले निर्वाध उड्न पाउँथ्यो । बुद्धको विमान आउँदा अन्य विमानले रुट छोडिदिनुपथ्र्यो । यसले बुद्धको इन्धन बच्नुका साथै व्यापारमा पनि राम्रो फाइदा भइरहेको थियो । आकाशमा घुम्न नपरेपछि बुद्धप्रति यात्रुको आकर्षण बढ्ने नै भयो । अख्तियारले यो कोणबाट पनि छानबिन गरेको थियो । 

आफूलाई फाइदै फाइदा गराएपछि बुद्धले आफ्नो विमानमा राख्ने ट्राभलर नामक म्यागजिनमा अधिकारीको जीवनी छापेको छ । 

– उत्तम नगरकोटी

(जनआस्था साप्ताहिकको पुस ९ गते बुधबारको अंकमा प्रकाशित)   

टिप्पणीहरू