परम्परागत चिकित्सा पद्धति - एआईदेखि जीनोमिक्सको प्रयोगसम्म
भारतको राजधानी नयाँ दिल्लीमा परम्परागत चिकित्सासम्बन्धी दोस्रो विश्व शिखर सम्मेलन सुरु भएको छ । पर्सिसम्म हुने सम्मेलनमा एक सयभन्दा बढी देशका सरकारी अधिकारी, वैज्ञानिक, आदिवासी समुदायका नेता तथा परम्परागत चिकित्सा अभ्यासकर्ताहरुको बाक्लो सहभागिता छ ।
सम्मेलनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को परम्परागत चिकित्सा रणनीति (२०२५–२०३४) कार्यान्वयनलाई गति दिन नयाँ वैज्ञानिक पहल र अन्तर्राष्ट्रिय प्रतिबद्धता घोषणा गरिँदै छ । रणनीतिमा प्रमाणमा आधारित अभ्यास, नियमन सुदृढीकर…