‘जिब्रो परीक्षणबाट सटिक उपचार पद्धति विश्व स्वास्थ्य सेवामा कोशेढुंगा’
भारतको राजधानी नयाँ दिल्लीमा परम्परागत उपचार पद्धतिबारे विश्व स्वास्थ्य संगठनको दोस्रो विश्व सम्मेलन भइरहेको छ। भोलिसम्म हुने सम्मेलनमा विश्वभरका एक हजार १७५ आवेदनमध्ये छनोट भएका २१ जना विज्ञले आफ्ना सफल अभ्यास र भविष्यका योजनाबारे प्रस्तुति दिएका छन्। स्वास्थ्य सेवामा आधुनिक चिकित्सा र सुरक्षित, प्रमाणमा आधारित परम्परागत उपचार समायोजन गर्न सके नयाँ सम्भावना खुल्ने विज्ञहरूको निष्कर्ष छ।
सम्मेलनमा हिमालय क्षेत्रको परम्परागत चिकित्सा टोलीसमेत सहभागी छ। ती २१ जना विज्ञलाई &lsquo…