उत्तरको जोड बिजुली गाडी, दक्षिणको डिजेल सवारी

उत्तरको जोड बिजुली गाडी, दक्षिणको डिजेल सवारी

नेपालका लागि चिनियाँ राजदूत छेन सोङले प्रधानमन्त्री सुशीला कार्कीसँग हिजो अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा गर्नुभएको भेटमा उत्तरी नाका सुचारु गर्ने विषयलाई प्राथमिकता दिइएको छ । विशेषगरी गत असारको बाढीपछि लगभग बन्द रहेको रसुवाका केरुङ नाका र सिन्धुपाल्चोकको कोदारी राजमार्गको दयनीय अवस्थाका कारण चीनसँगको आयात निर्यात व्यापार स्थलमार्गबाट निकै कम भएको छ । 

पछिल्लो समय केही सवारी साधन मुस्ताङको कोरोला नाकाबाट भित्र्याइए पनि हिउँद लागेपछि र हिउँ पर्न थालेपछि उक्त नाका पनि ठप्प छ । हिजोको भेटघाटमा प्रधानमन्त्रीले चिनियाँ राजदूतलाई उत्तरतिरका नाका सुचारु गराइदिन नेपाल सरकारको तर्फबाट आग्रह गर्नुभयो । 

हिजोको भेटमा राजदूत सोङले आगामी निर्वाचनलक्षित सहयोगबारे प्रसंग उठाउनुभएको स्रोतले बतायो । यसअघि ओली सरकारको पालामा नेपाललाई चीनले तीन सय थान विद्युतीय सवारी साधन जिटुजी मोडलमा सहयोग गर्ने प्रक्रिया अघि बढेको थियो । भदौको विध्वंशपछि उक्त प्रक्रिया हाल रोकिएको अवस्था छ । 

प्रधानमन्त्री कार्यालय स्रोत भन्छ, ‘गाडीहरुको माग पहिले नै भएको थियो । त्यसैले अनौपचारिक कुराकानीमा चीनले सामान दिन ढिलो हुने भएकाले चुनावलाई आवश्यक पर्ने सहयोग नगदै दिने जानकारी गराएको छ ।’

यता सरकारले भने आवश्यक गाडीमध्ये आधा उत्तरबाट र आधा दक्षिणबाट लिने योजना बनाएको थियो । तर चिनियाँ पक्षले चीनको ‘प्रोक्योरमेन्ट प्रोसेस’ ढिलो हुने भएकाले नेपाल सरकारलाई नगद उपलब्ध गराउने र आवश्यकता अनुसारका सामान जहाँबाट किनेपनि हुने सल्लाह दिएको बुझिएको छ ।

त्तरले पहिले दिने भनिएको तीन सय विद्युतीय गाडीले नेपालको वातावरण प्रदुषण हटाउन सहयोग पुग्ने आशा गरिएको थियो । पछिल्ला केही वर्षमा चिनियाँ विद्युतीय गाडीको व्यापक प्रयोगपछि नेपालको वायुप्रदुषण घटेकोबारे न्युयोर्क टाइम्सले समेत लामो समाचार छापेको थियो । तर दक्षिणले दिने र दक्षिणमा किनिने अधिकांश सवारी साधन डिजेल र पेटेलबाट चल्ने हुनेछ ।
 

टिप्पणीहरू