प्रविधिसँगै पढाइमा छलाङ, पिएचडीमा थेसिस नचाहिने

प्रविधिसँगै पढाइमा छलाङ, पिएचडीमा थेसिस नचाहिने

चीनले अबदेखि विद्यावारिधी (पिएचडी) मा थेसिस नचाहिने व्यवस्था लागु गरेको छ । थेसिसको सट्टा नयाँ ‘प्रोडक्ट’ प्रस्तुत गरेपछि पास हुने ब्यवस्था मिलाइएको छ ।

प्रविधिमा अमेरिकासँग प्रतिस्पर्धा चर्किँदै गएको बेला चीनले आफ्ना डिफेन्स इन्जिनियरहरूलाई यथासक्य छिटो उत्पादनमुखी बनाउन नयाँ मोडेल लागु गरेको हो । चीनको रक्षासम्बन्धी अध्ययन प्रतिष्ठानमध्ये शीर्षस्थानमा रहेको हार्बिन इन्स्टिच्युट अफ टेक्नोलोजीले पिएचडी विद्यार्थीलाई थेसिस लेख्नै नपर्ने व्यवस्था परीक्षणको रुपमा लागु गर्न लागेको छ ।

उक्त निर्णयपश्चात् विद्यार्थीहरूले थेसिसको सट्टा उत्पादन वा डिजाइन तयार पारेर पेश गर्नुपर्ने र त्यसको आवश्यक परीक्षणपछि पिएचडी हुने नयाँ शैक्षिक नीति लागु गरिएको हो । चाइना साइन्स डेलीका अनुसार यो मोडेलले लामो समयदेखि चीनको बोटल नेक इन्जिनियरिङ भन्ने गरिएको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

उच्च प्रविधि क्षेत्रमा अमेरिकासँग प्रतिस्पर्धा तीव्र बन्दै गएपछि कागजी अनुसन्धानभन्दा उपयोगी समाधानलाई प्राथमिकतामा राख्ने रणनीति अघि बढाएको विश्लेषकहरूको भनाइ छ ।

हार्बिन इन्स्टिच्युट अफ टेक्नोलोजी चीनका “सेभेन सन्स अफ नेशनल डिफेन्स” मध्ये एक हो । जसले रक्षा प्रविधि र अनुसन्धानमा महत्वपूर्ण योगदान दिँदै आएको छ । संस्थाले “रक्षा इन्जिनियर उत्पादन गर्ने शैली नै बदल्ने” भन्दै परम्परागत शैक्षिक पेपर अनिवार्य नरहने नीति अघि बढाएको हो ।

गत सेप्टेम्बरमा वेइ लियानफेङ नामक एक इन्जिनियर अर्थात् पिएचडी विद्यार्थी विश्वविद्यालयको इतिहासमै पहिलो व्यक्ति बने । जसले व्यवहारिक नतिजाका आधारमा मौखिक परीक्षा पास गर्दै डिग्री प्राप्त गर्न सके ।

चीनले उच्च प्रविधि क्षेत्रमा अमेरिकासँगको प्रतिस्पर्धा तीव्र बन्दै गएपछि कागजी अनुसन्धानभन्दा उपयोगी समाधानलाई प्राथमिकतामा राख्ने रणनीति अघि बढाएको विश्लेषकहरूको भनाइ छ ।

टिप्पणीहरू