शाकाहारीको संख्या बढ्यो चीनमा
चिनियाँ खाना विश्वभर प्रसिद्ध छ । धेरैजसो खानामा माछा मासुको प्रयोग हुने भएकाले चिनियाँहरु शाकाहारी र विशुद्ध शाकाहारी भनेर चिनिने भेगन हुँदैनन् कि क्या हो भन्ने अनुमान गरिन्छ । तर,पछिल्लो समय चीनमा शाकाहारी मात्रै होइन,दही दूधको समेत प्रयोग नहुने भेगन रेष्टुरेन्ट खुल्ने क्रम बढेको छ ।
पछिल्लो १३ वर्षमा सु मान सिआङ नामक भेगन रेष्टुरेन्ट चीनमा निकै लोकप्रिय बनेको छ । सांघाईबाट शुरु भएको यो रेष्टुरेन्टको विस्तार विभिन्न शहरमा गरी एक सय पुगेको छ । परम्परागत मांशाहारी भोज…