दुबई एअर शोमा चीनको सी ९१९ विमान
चीनमा निर्मित विमान पनि दुबईमा हुन लागेको एअर शोमा प्रदर्शनमा राखिँदैछ । चाइना साउदर्न एयरलाइन्सको सी ९१९ विमान दुबई एयरशोमा सहभागी हुन आज दुबई पुगेको छ।
नोभेम्बर १७ देखि २१ सम्म आयोजना हुने एयर शोमा चीनको कोम्याक कम्पनीका तीनवटा विमानले एक समूहको रूपमा प्रदर्शन गर्ने बताइएको छ । विमान प्रदर्शनीमार्फत् चीनले आफ्नै उड्डयन प्रविधि र घरेलु क्षमताको झलक विश्वको उड्डयन बजारमा सार्वजनिक गर्ने तयारी छ ।
स्रोत : सिन्ह्वा ।
टिप्पणीहरू