विध्वंशमा युवासंघका कार्यकर्ता पनि संलग्न
भदौ २३ र २४ गतेको घटनामा भएको तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा मोरङ प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवासंघका कार्यकर्तासहित आठ जनालाई रंगेलीबाट समातिएको हो ।
हिजाे पक्राउ परेकामा रंगेली नगरपालिका–३ का भुपाल भण्डारी, रुपक गौतम, वडा नम्बर–४ का रमेशकुमार मण्डल, वडा नम्बर–६ का रुपेश यादव, वडा नम्बर–७ का आनन्द साह, कटहरी गाउँपालिका–२ का समीर क्षेत्री, दोर्जे प्रतिक यादव, जहदा गाउँपालिका–१ का गणपत यादव रहेका छन् ।
उनीहरुमाथि अपराधिक उपद्रवको कसुरमा मोरङ जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । प्रहरीले ईलाका प्रशासन कार्यालय रंगेली, रंगेली नगरपालिकालगायत सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गर्ने ३४ जनालाई पक्राउ गरिसकेको छ ।
टिप्पणीहरू