चीनले सार्वजनिक गरेका यी नयाँ हतियार
ठूला मुलुकहरुको शक्ति संघर्षमा सैन्य शक्ति र हातहतियारले ठूलो अर्थ राखेको हुन्छ । जुन मुलुकसँग बलियो सैन्य शक्ति र अत्याधुनिक हतियार हुन्छन्, विश्वमा उसैको प्रभुत्व कामय भएको देखिन्छ ।
चीन, अमेरिका, रुस, फ्रान्स, जापान, जर्मनी, उत्तर कोरिया, भारतलगायतका देशहरुले बलियो सैन्य शक्ति र हतियारको बलमै आफूलाई ठूलो शक्ति दावी गर्दै आएका छन् । तर यी मध्ये को चाहिँ सबैभन्दा बलियो होला त ? आज बेइजिङमा आयोजित विशाल सैन्य परेडमा सार्वजनिक गरिएका नयाँ हतियारले चीनलाई संकेत गरे…