उत्तर कोरियाली नेता रेलमा बेइजिङ प्रस्थान,अन्य नेताको थिएन्चिनबाट आगमन

उत्तर कोरियाली नेता रेलमा बेइजिङ प्रस्थान,अन्य नेताको थिएन्चिनबाट आगमन

चीनको राजधानी बेइजिङमा भोलि हुन लागेको सैन्य परेडमा सहभागी हुन उत्तर कोरियाली नेता किम जोङ उन प्योङ्याङबाट रेलमा प्रस्थान गरेका छन् । आफ्नो मुलुकभन्दा बाहिर गुमनाम किम लामो समयपछि विदेशमा सार्वजनिक हुन लागेका हुन् ।

चीनले जापानी अतिक्रमणकारी युद्ध र विश्व फासिवाद युद्धमा विजयी भएको ८० औं वार्षिकोत्सवका उपलक्ष्यमा आयोजना गर्न लागेको सैन्य परेडमा सहभागी हुन थिएन्चिनबाट विश्वका केही नेताहरु फास्ट ट्रेन चढेर बेइजिङ पुग्ने क्रम जारी छ । प्रधानमन्त्री केपी शर्मा ओली आज रेल चढेर त्यहाँ पुग्दै हुनुहुन्छ । अन्य केही देशका नेता गएराति नै बेइजिङ पुगेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

टिप्पणीहरू