हुबहु समाचार सार्ने चार दर्जन पत्रपत्रिका कारबाहीमा
हुबहु समाचार सार्ने चार दर्जन पत्रपत्रिका कारबाहीमा परेका छन् । प्रेस काउन्सिल नेपालले ती पत्रपत्रिकालाई कारबाहीस्वरुप वर्गीकरण प्रक्रियाबाटै हटाएको छ ।
काउन्सिलको पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण प्रतिवेदनका आधारमा आर्थिक वर्ष २०७९–०८० को वर्गीकरण प्रक्रियाबाट ४७ वटा पत्रपत्रिकालाई हटाइएको हो ।
ती पत्रपत्रिकाले अन्यमा प्रकाशित समाचार सामग्री हुबहु सारेको काउन्सिलको ठहर छ । काउन्सिलका अनुसार आर्थिक वर्ष २०७९–०८० मा वर्गीकरणका निम्ति आठ सय ९४ वटा पत्रपत्रिकाको आवेदन परेको थियो ।
जसमध्ये आठ सय २६ वटा वर्गीकरणमा परेका छन् भने २२ वटा पत्रपत्रिकाको कागजात अपुग भई वर्गीकरण प्रक्रिया स्थगन भएको छ ।
वर्गीकरणमा परेकामध्ये दुई सय चार वटा ‘क’, चार सय ६२ वटा ‘ख’, एक सय ५४ वटा ‘ग’ र ६ वटा ‘घ’ वर्गमा परेका छ

टिप्पणीहरू