महासचिवले रक्तदान गरेपछि 'मारामार'

महासचिवले रक्तदान गरेपछि 'मारामार'

नेकपा (एमाले)का कार्यकर्ताले केन्द्रीय कार्यालयमै कुटाकुट गरेका छन् । महाधिवेशन प्रतिनिधि छनोटको विषयमा नेतृत्वलाई असन्तुष्टी सुनाउन च्यासल पुगेका आदिवासी जनजाति लोकतान्त्रिक महासंघका नेता र कार्यालमै रहेका अन्य कार्यकर्ताबीच लफडा भएको हो । 

बताइएअनुसार महासंघका नेताहरूले संगठन विभाग प्रमुख काशिनाथ अधिकारीसँग वार्ता गर्न खोजेको थिए । तर, पहिलेदेखि नै त्यहाँ रहेका युवाहरूले रोक्न खोजेपछि दुई समूहबीच हात हालाहालको अवस्था सिर्जना भएको हो । 

घटना हुनुअघि त्यहाँ रक्तदान कार्यक्रम राखिएको थियो । पार्टी महासचिव शंकर पोखरेलले रक्तदान गरेर निस्किएपछि लफडा भएको बताइन्छ ।

टिप्पणीहरू