शान्तिपूर्ण भनेर आगो सल्काउने, जिम्मा लिनु नपर्ने ?

शान्तिपूर्ण भनेर आगो सल्काउने, जिम्मा लिनु नपर्ने ?

भन्ने एउटा,गर्ने अर्को । जवाफदेहिता कसको ? यो प्रश्न शान्तिपूर्ण आन्दोलन गर्ने भनी देशभर हिंसा र विध्वंश मच्चाउने जेनजी समूहलाई पनि हो । गत भदौ २३ र २४ गते मुलुकमा कसैले कल्पना नै नगरेको घटना भयो । ‘भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जालमाथि प्रतिबन्ध’ विरुद्ध सडकमा उत्रिएका जेनजी समूहले आक्रोश पोख्ने नाममा देशभर आगो बाल्यो । 

सार्वजनिक र निजी सम्पत्तिमा खर्बौंको क्षति पुर्याइयो । तर, उनीहरुले शान्तिपूर्ण आन्दोलन गर्ने भनेर जिल्ला प्रशासन कार्यालय,काठमाडौंबाट स्वीकृति लिएका थिए । पुरुषोत्तम यादव र सुदन गुरुङको एनजिओले झैँ अंकित मल्लको समूहले शान्तिपूर्ण युवा विद्यार्थी भेला गर्ने भनी प्रशासनसँग भदौ २२ गते स्वीकृति मागेको थियो ।

त्यतिबेला आन्दोलन गर्न अगाडि आउनेले यत्रो सरकारी सम्पत्ति जल्दा जिम्मा लिने कि नलिने ?
 

उक्त पत्रमा लेखिएको छ,‘हामी हाम्रो हकको लागि आवाज उठाउन चाहन्छौं । कार्यक्रममा नेपालका नागरिक,पत्रकार र आम नागरिकहरुको सहभागिता रहनेछ ।’ शान्तिपूर्ण आन्दोलन भनेर प्रशासनले स्वीकृति प्रदान गरेकोमा देशको शान्तिसुरक्षा नै खलल पार्ने काम भयो । सरकारी कार्यालयमा तोडफोड र आगजनी गरियो । 

ऐतिहासिक सिंहदरबार,सर्वोच्च अदालत,संसद भवन,काठमाडौं जिल्ला अदालतलगायत सयौं सरकारी कार्यालय खरानी बनाइयो । त्यतिबेला आन्दोलन गर्न अगाडि आउनेले यत्रो सरकारी सम्पत्ति जल्दा जिम्मा लिने कि नलिने ? गम्भीर प्रश्न खडा भएको छ ।


 

टिप्पणीहरू