मन्त्री रोज्दा सांसद पद चैट

मन्त्री रोज्दा सांसद पद चैट

मधेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सांसद बनेकी कञ्चन विच्छाको पद गुमेको छ । पार्टी निर्णयविपरीत एमाले सरकारमा मन्त्री बनेपछि निष्कासनमा परेकी उनी प्रदेश सभा सदस्यबाट पदमुक्त भएकी हुन् । प्रदेश सभाले आज सूचना जारी गर्दै उनलाई प्रदेश सभा सदस्यबाट निष्काशन गरेको जानकारी गराएको छ । 

भनिएको छ, ‘प्रदेश सभा सदस्य कञ्चन विच्छालाई राजनैतिक दलसम्बन्धी ऐन, २०७३ दफा ३४ बमोजिम निजलाई प्रदेश सभा सदस्यबाट निष्काशन गरेको सूचनासहित आवश्यक कारबाहीको लागि अनुरोध गरिन्छ भन्ने व्यहोराको राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यालय धुम्बाराही, काठमाडौंको प्रदेश सभा सदस्यबाट हटाएको पत्र यस सचिवालयमा प्राप्त भएको छ ।’

विच्छा मधेशमा राप्रपाबाट महिलातर्फ समानुपातिक सांसद बनेकी थिइन् । तर, पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै केही दिनअघि केन्द्रीय कार्यसम्पादन समितिले उनलाई ६ महिनाका लागि साधारण सदस्यबाट निष्काशन गर्ने र प्रदेश सभा सदस्यबाट फिर्ता गर्ने निर्णय गरेको थियो ।

टिप्पणीहरू