कांग्रेस महाधिवेशन पुस अन्तिम साता

कांग्रेस महाधिवेशन पुस अन्तिम साता

नेपाली कांग्रेसले अन्ततः महाधिवेशनको मिति टुंगो लगाएको छ । आज बसेको केन्द्रीय समिति बैठकले सर्वसम्मत रुपमा आगामी पुष २६, २७ र २८ गते नियमित महाधिवेशन गर्ने निर्णय गरेको छ।

असोज अन्तिम सातादेखि सुरु भएको बैठकले नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विषयमा सहमति जुटाउन नसक्दा नेताहरुबीच मतविभाजन चर्किदै गएको थियो । विशेष महाधिवेशन र नियमित महाधिवेशनकाे पक्षमा रहेका नेताहरूले छुट्टाछुट्टै भेला समेत गरेका थिए । तर आज सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका नेताहरुसँग छलफल गरेपछि महाधिवेशनको मिति टुंगो लगाउने वातावरण सिर्जना भएको हो । 

वर्तमान कार्यसमितिको समयावधि मंसिर अन्तिम सातादेखि समाप्त हुन लागेकोमा बैठकले माघसम्म थप्ने निर्णय समेत गरेको छ ।

टिप्पणीहरू