जेन जी विध्वंशपछि ओली-देउवा भेट

जेन जी विध्वंशपछि ओली-देउवा भेट

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । महराजगञ्जस्थित देउवा निवासमा अहिले भेटवार्ता जारी छ । 

जेनजी प्रदर्शनपछि दुई नेताबीच पहिलोपल्ट भेट भएको हो । यसअघि फोनमा कुरा भए पनि भेट भएको थिएन । 

भदौ २४ गते ध्वंश मच्चिरहँदा ओलीलाई नेपाली सेनाले बालुवाटारबाटै उद्धार गर्दा देउवा दम्पति भने अराजक युवाहरुको आक्रमणमा परेका थिए । सिंगापुरमा एक महिनाको उपचारपछि देउवा दम्पति साताअघि नेपाल फर्किएका हुन् ।

टिप्पणीहरू