जिल्ला समन्वय प्रमुख एमालेमा
नेकपा एकीकृत समाजवादी ताप्लेजुङका निवर्तमान अध्यक्ष तथा जि.स.स. प्रमुख छिरिङ लामा आफ्नै पूरानाे ‘घर’ नेकपा एमालेमा फर्किएका छन्। नेकपा एमालेबाट अलग भएर एकीकृत समाजवादी गठन गर्दा लामा सो पार्टीका ताप्लेजुङ अध्यक्ष बनेका थिए। पछिल्लो जिल्ला अधिवेशनमा उनले अध्यक्ष पद उपाध्यक्षलाई सुम्पेर आफू प्रदेश कमिटीको उपसचिव बनेका थिए।

तर, हाल नेकपा माओवादी केन्द्र, नेकपा एसलगायतका दल मिलेर ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन भएपछि लामा नयाँ पार्टीमा जान चाहेनन्। केही कार्यकर्तासहित उनी पुनः पुरानै पार्टी नेकपा एमालेमा फर्किएको जनाइएको छ।
नेकपा एमाले ताप्लेजुङका सचिव सन्तोष चाम्लिङका अनुसार अझै केही साथी पार्टीमा फर्कने सम्भावना छ।


टिप्पणीहरू