कुलमानको भेला गोर्खा प्यालेसमा

कुलमानको भेला गोर्खा प्यालेसमा

देशव्यापी संगठन विस्तारमा जुटेको उल्यालो नेपाल पार्टीले काठमाडौँमा जिल्ला भेला गरेको छ ।  

'सुशासन, समृद्वि र सामाजिक न्याय' को नारासहित आज दिउँसो काठमाडौँ महानगरपालिका-१६ बालाजुस्थित गाेर्खा प्यालेसमा कार्यक्रमगरी जिल्ला भेला गरिएको हो । सामाजिक अभियन्ता देवेन्द्रकुमार श्रेष्ठकाे अध्यक्षतामा आयोजित भेलामा पार्टीका केन्द्रीय सदस्य रामेश्वर श्रेष्ठ, विधा श्रेष्ठ, रोशनी लामालगायत सहभागी छन् । 

त्यस्तै, नेपाल तामाङ घेदुङ संघका अध्यक्ष माेहन गाेले, बागमती प्रदेश सदस्य सविना लामासहित विभिन्न क्षेत्रका पाँच दर्जनको कार्यक्रममा उपस्थिति रहेको बताइएको छ । 

ऊर्जामन्त्री कुलमान घिसिङले अनुप कुमार उपाध्यायको नेतृत्वमा गत महिना उज्यालो नेपाल पार्टी खोलेका थिए । यो पार्टीले निर्वाचन आयोगबाट मान्यता पाइसकेको छ ।

टिप्पणीहरू