खगेन्द्र सुनारले भेट्नुअघि प्रधानमन्त्रीद्वारा जापानी राजदूतसँग कुराकानी
फाइल फोटो
प्धानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि जापानी राजदूत माएदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो साढे १ बजेदेखि भएको भेटमा दुईपक्षीय सम्बन्ध र आपसी सहयोग आदानप्रदानबारे छलफल भएको बताइएको छ ।
त्यसपछि प्रधानमन्त्रीसँग भेट्न हाम्रो पार्टी नेपालका संयोजक खगेन्द्र सुनारको टोलीले भेट गरेको हो । डा. नमिता यादव, ददिराम परियार, भारत बहादुर सुनार,मोहन सुनार, सन्त बहादुर घताल,भूपेन्द्र विक, सन्तबहादुर नेपालीलगायत पौने ३ बजे भेटघाटका लागि सिंहदरबार पुगेका थिए ।
टिप्पणीहरू