मन्त्री कमरेड पनि पराजित

मन्त्री कमरेड पनि पराजित

बागमती प्रदेश सरकारका मन्त्री तथा नेकपा (एमाले) का नेता जयराम थापाले महाधिवेशन प्रतिनिधिको निर्वाचनमा हार व्यहोरेका छन् । ११औँ राष्ट्रिय महाधिवेशनको लागि देशभर प्रतिनिधि छनोट चलिरहँदा उनी काठमाडौँ जिल्लाबाट पछि परेका हुन् । 

०७९ को प्रदेश निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ४ (ख)बाट निर्वाचित भएका थापा पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् । ओलीकै चाहना बमोजिम उनी गत साउनमा मन्त्री नियुक्त भएका थिए । हाल श्रम,रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका थापा सँघीय राजधानीबाटै पछि परेका हुन् । 

आसन्न महाधिवेशनमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएपछि तल्ला कमिटीसम्म ध्रुवीकरण देखिएको छ ।

टिप्पणीहरू