एसीसी यु-१९ प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल मलेसियासँग भिड्दै

एसीसी यु-१९ प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल मलेसियासँग भिड्दै

यूएईमा जारी एसीसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा आज नेपाल र मलेसिया प्रतिस्पर्धा गर्दैछन् । अजमानस्थित सेभेन डिस्ट्रिक्स मैदान २ मा हुने खेल बिहान १०:४५ बजे शुरू हुनेछ ।

आज नेपाल जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसाथ मैदान उत्रिनेछ । नेपाल समूह 'ए'को विजेताको रुपमा सेमिफाइनल पुगेको हो । समूहचरणको पहिलो खेलमा नेपालले साउदी अरेबियालाई आठ विकेटले र दोस्रो खेलमा हङ्कङलाई एक सय १९ रनको फराकिलो अन्तरले हराएको थियो ।

यता मलेसियापनि समूह ‘डी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेका हो । मलेसियाले पहिलो र दोस्रो खेलमा थाइल्याण्ड र इरानलाई समान ८ विकेटले पराजित गरेको थियो ।

१४ टोलीको सहभागिता रहेको प्रतियोगिताबाट तीनवटा टोली आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुनेछन् । आजै हुने अर्को सेमिफाइनल खेलमा युएई र ओमान भिड्नेछन् ।

टिप्पणीहरू