टस हारेको काठमाडौँले पहिला ब्याटिङ गर्दै
नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणअन्तर्गत आजको पहिलो खेलमा काठमाडौँ गुर्खाज ब्याटिङमा उत्रिएको छ । पोखरा एभेन्जर्सले टस जितेर पहिला बलिङ रोजेको हो ।
काठमाडौँले एक खेलाडी परिवर्तन गर्दा पोखराले भने यस अघिकै खेलाडीहरुलाई निरन्तरता दिएको छ । पाँच खेलमा तीन हार व्यहोरेको पोखरालाई प्लेअप सम्भावनालाई कायमै राख्न यो खेल जित्नैपर्ने दबाब छ ।
काठमाडौँ भने ६ खेलमा ४ जितसहित दोस्रो स्थानमा छ ।
टिप्पणीहरू