हावा तालले कहाँ हुन्छ ?

हावा तालले कहाँ हुन्छ ?

‘बाँच्न मात्र पर्छ अनेकथोक देख्न पाइन्छ’ । स्वास्थ्यमन्त्री बनाउने तयारीका साथ सचिवबाट राजीनामा दिन लगाइएकी डा.संगीता मिश्रलाई घर न घाटको बनाइयो । रक्षा बमको नाम जेन्जी सुदन गुरुङले काटिदिए । रामजी राम, गणपतिलाल श्रेष्ठ र टासी ल्हाजोमको नाममा पनि अनेकन बखेडा झिकियो । खगेन्द्र सुनार पनि विवादमा परेर मन्त्री हुनबाट रोकिए ।

सुशीला सरकारले मन्त्री बनाउँदा ओलीको सरकारले अन्याय गरेकालाई नीति बनाएको थियो । संगीता तिनैमध्येकी थिइन् । पूर्वऊर्जामन्त्री दिपक खड्काको पेलान र तत्कालीन प्रधानमन्त्री ओलीको बक्रदृष्टिमा परेका कुलमान घिसिङलाई मन्त्री बनाइयो । त्यसैगरी आविष्कार केन्द्र र वीरगञ्ज कृषि औजार कारखानाको लागि भनेजति बजेट नपाएपछि किताब बेच्दै गाउँवस्ती डुल्न बाध्य महावीर पुनले शिक्षामन्त्री बन्ने मौका पाए । खगेन्द्र सुनारलाई कर्णाली र दलितको प्रतिनिधित्वका नाममा मन्त्री बनाउने तयारी थियो ।

(जनआस्था साप्ताहिकको मंसिर १० गते बुधबारको अंकमा प्रकाशित) 

 

टिप्पणीहरू