एमाले नेता जसले तीन वर्ष ओलीसँग भेट्न पाएनन्

एमाले नेता जसले तीन वर्ष ओलीसँग भेट्न पाएनन्

‘जेजे’हरूको दादागिरी चल्दा ट्रेड युनियनका आधिकारिक पूर्व अध्यक्ष पुण्य ढकालले एमाले अध्यक्ष केपी ओलीलाई तीन वर्षसम्म पनि भेट्न नपाएको खुलेको छ । निकटस्थहरूसँग उनी जे जे ग्रुपले यसमा खेलेको बताउने गर्दछन् । ‘उहाँहरूको मात्रै त अध्यक्ष होइन होला नि ! पेशागत महासंघको अध्यक्षलाई (भेट्न) बन्देज लगाउनु राम्रो हुन्छ र ? मैले एक्लै भेट्छु भन्दा आजका दिनसम्म पाएको छैन, ३ वर्ष भयो,’ उनले भन्ने गरेका छन्, ‘कति गोप्य कुरा हुन्छन् ! एउटा ट्रेड युनियनको अध्यक्ष, पूर्व कर्मचारी नेता, पार्टी उपत्यका विशेष प्रदेश कमिटीको सचिवालय सदस्य, ३५ वर्ष पार्टीमा लडेको मान्छेकै यो हालत ।’

केपी ओलीलाई सबैले लखेटेको बेला सबभन्दा नजिकबाट साथ दिने आँट गरे पनि आफूलाई बेवास्ता गरिको उनको गुनासो छ । भन्छन्– अमेरिका जानु अगाडि भेटेको हो, त्यो पनि ३ वर्ष कुरिसक्यो ।

निकटस्थसँग सुनाउँदै भन्ने गरेका छन्, ‘पार्टी अध्यक्ष कति बिच्किनुभो थाहा छैन । यी सबै (बिचौलिया) लगेर कुरा सुनाउँछन् । यसो गर्‍यो, उसो गर्‍यो भन्छन् ।’ भानुभक्त ढकाललाई सधैंभरि चाकडी नगर्दाको परिणाम भोगेको भन्दै अगाडि पोखिन्छन्– ‘मैले उनको चाकडी गरिरहनुपर्ने चौबिसै घण्टा ? म त लाने मान्छे होइन । आफूले एक पैसा भ्रष्टाचार गरिनँ, भ्रष्टाचार गरेर कसैलाई नजिक बनाउनु पनि छैन ।’

भित्रभित्रै खेलेपछि विद्या निकट भनेरसमेत पेल्ने काम भएको बुझिएको छ । ‘एमालेमा जे जे ग्रुप छ । यो भनेको ज्वाइँ जेठान ग्रुप हो । एउटा भानुभक्त, अर्को काठमाडौंका रामेश्वर फुँयाल भइहाले । 

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलहरू अलि कमजोर भएर मात्रै ओली हावी हुन पुगेको देखिएको छ । तर एमालेमा तलसम्म यसपटक जरा कमजोर भएको नेताहरू बताउँछन् । ‘पर्सा, बारा, सर्लाही अनि सिराहा र सप्तरीसम्मको कार्यक्रम सकेर फर्कंदा चुनावमा ओलीको सबैथोक चल्छ भन्ने स्थिति नै छैन,’ स्रोतले भन्यो । 
 

टिप्पणीहरू