नियुक्ति पाउन हजार निवेदन

नियुक्ति पाउन हजार निवेदन

‘मुख नलाग्नेका देशमा गाँडे तन्नेरी’ भने जस्तै जेनजी आन्दोलनपछि मन्त्री बन्ने क्रम रोकिँदा अब सरकारी नियुक्तिको लहर चलेको छ । विभिन्न ठाउँमा रिक्त पदहरूमा नियुक्ति पाउनुपर्ने दाबीसहित एक हजारभन्दा बढीको निवेदन प्रधानमन्त्रीको सचिवालयमा पुगेको स्रोतको दाबी छ । विभिन्न जेनजी समूहका सिफारिस र स्वघोषित दाबीसहित दिइएका यस्ता निवेदनहरू मन्त्रिपरिषद् कार्यालय, प्रधानमन्त्रीको सचिवालय बालुवाटार र तालुकदार मन्त्रालयहरूमा दर्ता गरिएको बताइन्छ । 

अर्कोतर्फ संवैधानिक परिषद्मा रिक्त प्रमुख तथा सदस्यहरूको नियुक्ति समय छँदै हुन नसक्ने भएको छ । कार्की सरकारले सोसम्बन्धी अध्यादेश औपचारिकता पुर्‍याउन मात्रै लगेपछि यस्तो रिक्तता देखिन लागेको हो । यो सरकारले देशलाई दीर्घकालीन असर पर्ने महत्वपूर्ण कार्य गर्नलाई म्याण्डेट नपाएको, चुनावी सरकारमात्र भएकाले एउटा अध्यादेश राष्ट्रपति कार्यालयले रोकेको अवस्था छ ।

अघिल्लो सोमबारको क्याबिनेट बैठकबाट राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहतबाट गृह मन्त्रालयमा लैजानेसँगै संवैधानिक पदपूर्ति गर्ने अध्यादेश पारित गरी राष्ट्रपति कार्यालय पठाइएको थियो ।

(जनआस्था साप्ताहिकको मंसिर १० गते बुधबारको अंकमा प्रकाशित) 

 

टिप्पणीहरू