विद्याको कार्यालयमा एमाले नेताहरुको भेला
नेपाल (एमाले)को आसन्न महाधिवेशनमा अध्यक्षको लागि उम्मेद्वारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र निकटस्थ नेताहरु छलफलमा जुटेका छन् । नेताहरु नयाँ बानेश्वरको थापागाउँस्थित पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालयमा भेला भएका हुन् ।
देशभर महाधिवेशन प्रतिनिधिको छनोट चलिरहँदा पोखरेल समूह पनि आन्तरिक रणनीतिमा लागेको हो । यो समाचार तयार पार्दासम्म नेताहरु छलफलमै व्यस्त छन् ।
छलफलमा पूर्व राष्ट्रपति भण्डारी, वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्ष द्वय सुरेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्य, सचिव द्वय योगश भट्टराई र गोकर्ण विष्ट लगायतका नेताहरु सहभागी छन् ।
पोखरेल समूहले आजैदेखि पोस्टर बनाएर औपचारिक प्रचारसमेत सुरु गरेको छ ।
टिप्पणीहरू