खुल्यो वडा कार्यालयको ताल्चा

खुल्यो वडा कार्यालयको ताल्चा

बैतडीको पाटन नगरपालिका–३ को कार्यालयमा लगाइएको ताल्चा खोलिएको छ । दुई बुँदे माग राख्दै स्थानीयले ताला लगाएकोमा आज खोलिएको हो । खानेपानी ट्याङ्की बनाउने सहमतिपश्चात ताल्चा खोलिएको वडाध्यक्ष करुणाकर भट्टले बताए।

जनआस्थासँग उनले भने,‘उहाँहरुले खानेपानी ट्याङ्कीको माग गरिरहनुभएको थियो । वडाले बनाइदिन्छ भनेको थियो । उहाँहरुले आवेगमा आएर ताला लगाइदिनुभयो । सहमतिपछि आज ताला खोलिएको छ ।’

खानेपानीको समस्या समाधान गर्न र विकास कार्यक्रममा टोललाई समावेश नगर्नुको कारण माग्दै स्थानीयले गत मंसिर १७ गते वडा कार्यालयमा अनिश्चितकालका लागि तालाबन्दी गरेका थिए ।

टिप्पणीहरू