अबदेखि ‘म्यादी प्रहरी’ हाेइन ‘निर्वाचन प्रहरी’

अबदेखि ‘म्यादी प्रहरी’ हाेइन ‘निर्वाचन प्रहरी’

सुरक्षित निर्वाचनको लागि सरकारले निश्चित समयावधिको लागि भर्ना गर्ने सुरक्षाकर्मीलाई अब ‘म्यादी प्रहरी’ भन्न नपाइने भएको छ । केन्द्रीय सुरक्षा समितिको बैठकले उनीहरुलाई ‘निर्वाचन प्रहरी’ भन्ने निर्णय गरेको हो । 

‘म्यादी प्रहरी’ भन्दा समुदायमा हिनताबोधको भाष्य सिर्जना हुँदै गएको भन्दै त्यस्ता सुरक्षाकर्मीलाई ‘निर्वाचन प्रहरी’ भन्ने निर्णय गरिएको गृह मन्त्रालयका उपसचिव रविन्द्र आचार्यले जनआस्थालाई जानकारी दिए । उनका अनुसार ४० दिनको लागि सवा एक लाखभन्दा बढी निर्वाचन प्रहरी भर्ना गरिदैँछ । उनीहरुले प्रहरी जवानसरहको तलब र भत्ता पाउने बताइएको छ । 

त्यसो त, भदौ २३ र २४ गतेको घटनामा संलग्न रहेर आगो झोस्ने युवाहरु नै निर्वाचन प्रहरीमा भर्ति भए भने के होला ? सुरक्षा खतराको विश्लेषण भइरहँदा उपसचिव आचार्य भन्छन्, ‘त्यस्तो हुँदैन, प्रहरी हेर्डक्वाटरले भर्ना लिनुअघि केही मापदण्ड र कोड बनाएको हुन्छ, उनीहरुलाई अधिकृतस्तरको प्रहरी कर्मचारीकै नेतृत्वमा खटाउनेगरी भर्ना गरिन्छ।’

टिप्पणीहरू