आज चीनको प्रेम दिवस,राष्ट्राध्यक्ष सि र प्रथम महिला फङका प्रेमिल पल

आज चीनको प्रेम दिवस,राष्ट्राध्यक्ष सि र प्रथम महिला फङका प्रेमिल पल

आज चिनियाँ भ्यालेन्टाइन डे अर्थात् परम्परागत छिसी पर्व हो । सो अवसरमा चाइना मिडिया ग्रुप (सिएमजी) ले राष्ट्रपति सि चिनफिङ र प्रथम महिला फङ लियुवानका पुराना प्रेमिल क्षणहरुलाई समेटेर विशेष भिडियो सार्वजनिक गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा केन्द्रीय सैनिक आयोगको अध्यक्षसमेत रहनुभएका राष्ट्रपति सिले विभिन्न अवसरमा पारिवारिक मूल्य र परम्पराको महत्वप्रति जोड दिँदै आउनुभएका दृश्यलाई भिडियोमा कैद गरिएको छ ।

उहाँको प्रतिबद्धता छ, ‘परिवार समाजको आधारभूत इकाई हो। हामीले परिवारप्रतिको माया र मातृभूमिप्रतिको माया एकसाथ जोड्नुपर्छ। सबै परिवारले राम्रो गरे मात्रै मुलुक र राष्ट्रले राम्रो गर्न सक्छ ।’ उहाँका अनुसार समृद्ध र शक्तिशाली राष्ट्र,महान् राष्ट्रिय पुनर्जागरण र जनताको खुशी त्यही बेला सम्भव हुन्छ,जब हजारौँ परिवार सुखी हुनेछन् र जनजीवनमा व्यापक सुधार आउनेछ ।

स्रोत : सिसिटिभी प्लस ।

टिप्पणीहरू