कुलमानको चिन्हमा लड्दा झमेला हुने भन्दै एक कदम ‘ब्याक’
उज्यालो नेपाल पार्टीको चुनाव चिन्हमा निर्वाचनमा लड्ने तयारी गरेको हाम्रो पार्टी नेपालले निर्णय बदलेको छ ।
साझा चुनाव चिन्ह लिँदा कानुनी झमेला हुने र दीर्घकालीन रुपमा पर्नसक्ने असरलाई मध्यनजर गर्दै सो पार्टी आफ्नै चिन्हबाट चुनाव लड्ने निर्णयमा पुगेको हो । यसअघि उज्यालो नेपालको चिन्ह ‘बिजुलीको चिम' बाट चुनाव लड्ने भनिए पनि अब आफ्नै ‘लाइक’ चिन्हबाटै निर्वाचनमा जाने निधो गरेको पार्टीका सभापति खगेन्द्र सुनारले बताए ।
उनका अनुसार उज्यालो नेपाल पार्टीसँगको चुनावी गठबन्धन भने कायमै रहनेछ । ‘बिजुलीको चिमबाट चुनाव जाने यसअघिको निर्णय खारेज गरेका छौँ, अब आफ्नै चुनाव चिन्हबाट लड्छौँ’, उनले जनआस्थासँग भने, ‘गठबन्धन चाहिँ कायम छ, आवश्यकताअनुसार तालमेल गर्ने कुरा भएको छ ।’
भोलि पत्रकार सम्मेलन गरेर पार्टीको एजेण्डा, उद्धेश्य, संरचना लगायतका विषयमा विस्तृत जानकारी गराउन लागिएको पनि उनले जानकारी दिएका छन् ।
टिप्पणीहरू