चिनियाँ राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओलीसहित विभिन्न देशका नेताहरुसँग भेटवार्ता जारी, कालापानीको कुरा उठ्यो
चीनको थिएन्चिनमा राष्ट्रपति सि चिनफिङले विभिन्न मुलुकका नेतासँग भेटघाट गरिरहनुभएको छ । भोलिदेखि शुरु हुने सांघाई सहयोग संगठन (एससिओ) को २५ औं शिखर सम्मेलनमा सहभागी हुन अनेक देशबाट राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको आगमन जारी छ ।
दिउँसो स्थानीय समयअनुसार ३ बजे हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत त्यहाँ पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्दै उहाँले नेपाली प्रतिनिधिमण्डलसँग करिब २० मीनेट द्विपक्षीय वार्ता गर्नुभएको छ । सो क्रममा नेपालले आफ्नो भूमि कालापानीवारे उठेका प्रश्नहरुको प्रसङ्ग कोट्याउँदै नेपाली सार्वभौमिकताको उत्तरी छिमेकी चीनबाट सम्मान हुने प्रतिवध्दता मागेको बुझिएको छ । त्यसअघि राष्ट्रपति सिको म्यानमारका कार्यवाहक राष्ट्रपति तथा सेनाप्रमुख मिन आङ ह्लाइङसँग भेट भएको थियो ।
प्रधानमन्त्री ओलीपछि चिनियाँ राष्ट्रपतिले कजाखस्तानका राष्ट्रपति कासिम–जोमार्त टोकाएभ र इजिप्टका प्रधानमन्त्री मोस्तफा मादबुलीसँग छुट्टाछुट्टै भेट गर्नुभयो । यही क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि हुनुहुन्छ ।

टिप्पणीहरू