विध्वंशमा लुटिएका केही हतियार जलाइएको आशंका

विध्वंशमा लुटिएका केही हतियार जलाइएको आशंका

गत भदौ २३ र २४ गतेको घटनामा लुटिएको सशस्त्र प्रहरी बल, नेपालको हतियारमध्ये झण्डै एक दर्जन अझै गायब छ । जेनजी विध्वंशमा खोसिएका ११ थान हतियार अहिलेसम्म फेला पर्न सकेको छैन । ती हतियार प्रदर्शनकारीले जलाइसकेको आशंका छ । 

स्रोत भन्छ,‘लुटिएकोमध्ये ११ वटा हतियार अझै फेला पर्न सकेको छैन । त्यो जलाइएको हुनसक्ने आशंका छ ।’ सशस्त्रले हतियार जोगाउन नसक्ने बानेश्वरका डिएसपीसहित १७ जनामाथि कारबाहीको सिफारिस गरेको छ । 

दुई दिने जेनजी प्रदर्शन र विध्वंशमा प्रहरीको १५ सय बढी साना ठूला हतियार खोसिएकोमा सयौं अझै भेटिएको छैन । प्रहरीले ती हतियार फर्काउन सूचना जारी गरेको छ । तर, छिटपुटले मात्र हतियार फिर्ता गरिरहेका छन् भने अधिकांशले लुकाएर राखेका छन् । 

ती हतियारका कारण आउँदो निर्वाचनमा सुरक्षा खतरा भएको छ । त्यसलाई मध्यनजर गर्दै प्रहरीले हतियार खोजीलाई तीव्रता दिएको छ ।

टिप्पणीहरू