उता शिखर सम्मेलन, यता आँखा उपचार

उता शिखर सम्मेलन, यता आँखा उपचार

चीनले काठमाडौंस्थित सिभिल अस्पताललाई उपलब्ध गराएको नेत्ररोग उपचारसँग सम्बन्धित मेडिकल उपकरणहरू सहयोगस्वरूप प्रदान गरेपछि उपचारमा सहजता आएको । यसले नेपाली उपचारमा ठूलो सहयोग पुगेको बिरामी र चिकित्सक दुबैले बताएका छन् ।

‘म आँखाको उपचारका लागि प्रायः यो अस्पताल आउँछु। नयाँ उपकरणपछि जाँच धेरै सहज भएको महशुस गरेको छु । यहाँ धेरै प्रकारका परीक्षण एकै स्थानमा हुन्छन् । त्यसैले यो निकै सुविधाजनक भएको ठानेको छु,’ अस्पतालमा उपचारका लागि पुगेका बिरामी बसन्त पन्तले बताए ।

‘यहाँ राम्रो परीक्षण हुने र त्यसको नतिजा पनि चाँडै पाइन्छ । म धेरै वर्षदेखि आँखाको समस्याबाट पीडित छु । पहिले जचाउन धेरै समय लाग्थ्यो, तर अहिले धेरै छिटो हुने गरेका छ । त्यसैले म निकै खुशी छु,’ अर्की बिरामी गोमा तामाङको अनुभव हो यो ।

उपचारका लागि सिभिल अस्पताल पुगेका बिरामीहरूको ती परीक्षण उपकरण तथा सामग्रीपछि आँखा जाँच प्रक्रिया धेरै सहज र प्रभावकारी भएको अनुभव छ । चीनले उपलब्ध गराएका उपकरण अस्पतालभित्र बनाइएको चीन–नेपाल ‘लाइफलाइन एक्सप्रेस’ अन्धोपन रोकथाम सहकार्य केन्द्रमा छन् ।

चीन–नेपाल ‘लाइफलाइन एक्सप्रेस’ अन्धोपन रोकथाम सहकार्य केन्द्र अस्पतालमा गत मार्चमा स्थापना गरिएको हो । यो परियोजना सांघाई सहयोग संगठन (एससीओ) का सदस्य तथा साझेदार मुलुकहरूसँगको चीनको स्वास्थ्य सहकार्यअन्तर्गत सञ्चालित छ । नेपाल उक्त संगठनको डाइलग पार्टनर मुलुक हो ।

चीनले सन् २०२२ मा तीन वर्षभित्र एससीओ मुलुकका बिरामीहरूलाई निःशुल्क दुई हजार मोतीबिन्दु शल्यक्रिया उपलब्ध गराउने घोषणा गरेको थियो । उक्त अस्पतालका चिकित्सकहरूले चिनियाँ सहयोगले मोतीबिन्दु, ग्लुकोमा जस्ता आँखा रोगहरूको उपचारमा आफ्नो कार्यक्षमता उल्लेखनीय रूपमा बढाएको बताएका छन् ।

‘यी उपकरणले हाम्रो अस्पतालमा बिरामी उपचारमा ठूलो सहयोग पुर्याएको छ । विगतमा पर्याप्त उपकरण नभएकाले नेत्र परीक्षणमा कठिनाइ थियो । तर अहिले अत्याधुनिक उपकरणका कारण निकै सहज भएको छ । रोग पहिचान, कारण विश्लेषण र उपचार पद्धति निर्धारणमा पनि यसले महत्वपूर्ण योगदान दिएको छ,’ अस्पतालकी नेत्र रोग विशेषज्ञ डा. प्रज्ञा बस्नेतले भनिन् ।

स्रोत : सिसिटिभी प्लस

टिप्पणीहरू